aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

साना किसान विकास लघुवित्तद्वारा काेराेना उपचार काेषमा १० लाख सहयाेग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ बैशाख २०७७
साना किसान विकास लघुवित्तद्वारा काेराेना उपचार काेषमा १० लाख सहयाेग

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको हो । 

विश्वभर फैलिएको कोरोना भाईरस विरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न संघ संस्थाहरुले सरकारलाई सहयोग प्रदान गरिरहेका छन् । कोरोनाका सम्भावित संक्रमितको परिक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्ध सरकारी, निजी र आम नागरिकलाई कोषमा सहयोग गर्न अनुरोध गरेको छ । 

नेपालमा पनि कोरोना संक्रमित भेटिइसकेको अवस्थामा संस्थाले सबैलाई यसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेका निर्देशन र आव्हानहरुलाई राम्रोसंग पालना गरी सुरक्षित रहन पनि अनुरोध गरेको छ ।

कोरोना संक्रमण नेपालमा पनि भित्रिसकेको अवस्थामा आम नागरिकलाई संक्रमणबाट बचाउन, संक्रमणको नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि आवश्यक पर्ने आर्थिक संकलनका लागि सरकारले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको हो

प्रतिक्रिया दिनुहोस