aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना कोषमा प्राइम कमर्सियलले १ करोड ७५ हजार हाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
कोरोना कोषमा प्राइम कमर्सियलले १ करोड ७५ हजार हाल्यो

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धार स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक करोड पचहत्तर लाख रुपैयाँ जम्मा गरेको छ । 

शुक्रबार बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठज्यूबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन । साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस