aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एनसीसी बैंकले कोरोना कोषमा एक करोड दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
एनसीसी बैंकले कोरोना कोषमा एक करोड दियो

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । उक्त रकम मध्ये  ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा र ५÷५ लाख रुपैयाँ गरी जम्मा ३५ लाख सात वटै प्रदेशहरुले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो ।

शुक्रबार बैंकले संघीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरिदिएको हो भने प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, प्रदेश नं. २ का मुख्य मन्त्री लाल बाबु राउत, बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेको छ । 

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधिहरु मार्फत प्रदान गरिएकोे हो । 

प्रतिक्रिया दिनुहोस