aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

बैंकका ऋणीले ब्याज तिर्ने समय बढाउने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
बैंकका ऋणीले ब्याज तिर्ने समय बढाउने संकेत

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीयबाट ऋण लिएका ग्राहकलाई ब्याज तिर्ने समय बढाउने संकेत गरेका छन् ् । आइतबार नेपाल चेम्वर अफ कमर्शसँगको भेटमा यस्तो बताएका हुन । अर्थमन्त्री खतिवडाले भने,  अहिलेको परिस्थितिमा नाफामूखी हुने होइन । 

नगद प्रवाह लाइ सजिलो बनाउने, कर्जा लिने ग्राहकलाई सावा ब्याज तिर्ने म्याद वढाउने  तर्फ आवश्यक व्यवस्था गरिने छ । उक्त अवसरमा अर्थमन्त्री  डा खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहज तथा सुलभ तवरमा उपलब्ध गरी आपूर्ति व्यवस्थालाई चुस्त बनाई जिम्मेवारपूर्ण ढंगले भूमिका निर्वाह गरेकोेमा  धन्यवाद दिएका थिए । 

अर्थतन्त्रमा कोरोना भाइरसबाट अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाई पनि समावेश गरी राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने बताएका थिए । 

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थन्त्री डा. खतिवडा समक्ष कोरोना भाइरसबाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धम २४ बुँंदे सुझाव बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस