aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ बैशाख २०७७
सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले कूल ९१ दिने अवधिका लागि रु २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । सो बिल आगामी साउन ६ गते परिपक्व हुनेछ । 

यस्तै रु पाँच अर्ब बराबरको टे«जरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी कात्तिक ४ गते परिपक्व हुनेछ । बैंकले यसअघि गत चैत ३० गते पनि टे«जरी बिल बिक्री गरेको थियो । 

प्रतिक्रिया दिनुहोस