
काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको अग्रणी ई–कमर्स प्लेटफार्मसँग सहकार्य गरेको छ ।
यस सहकार्य अन्तर्गत पेलेस एप को कुपन सेक्शनको खेति फुडबाट सामग्रीको खरिद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्कर १ थान साबुन निस्शुल्क पाउनेछन् ।
हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागिनेपालसरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेकघरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, यस समयमाग्राहकहरुको सुरक्षा र अत्यावश्यक आवश्यकताहरुलाई ध्यानमा राखी पेलेस एपले अत्यावश्यक सामग्रीहरु ग्राहकहरुको घरमै पुर्याउनको लागि नेपाल सरकारबाट अनुमती प्राप्त गरेको छ ।
यसबाट ग्राहकहरुले कोरोनाको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्न थप मद्दत पुग्ने कम्पनीले जनाएको छ । सका साथै भुक्तानी गर्दा नगद कारोवारबाट पनि कोरोना भाईरसकोसंक्रमणको खतरा भएको हुँदा, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नको लागि पेले एपको कुपन सेक्शनको खेती फुडबाट सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाटअग्रिम भुक्तानी गर्न सक्नेछन् ।
साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्ककोअत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतसेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने छ ।
यसरी सामग्रीको खरिद गर्दा सेलपे एप्पमार्फतअग्रिम भुक्तानीगरेमा १० थान मास्क र १ थान साबुननिस्शुल्कपाउने कम्पनीले जनाएको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य
विशेषताहरु यस प्रकार रहेको छ
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफलगाएतका कामहरु वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
प्रतिक्रिया दिनुहोस