aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एन आई सी एशिया र एभरेष्ट अस्पतालबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ जेठ २०७६
एन आई सी एशिया र एभरेष्ट अस्पतालबीच सम्झौता

काठमाडाैं, एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रा.लि,काठमाडौं बीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन् ।

बैंकको मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस