aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

प्रभु बैंकले गर्याे तीन पालिकामा  राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
प्रभु बैंकले गर्याे तीन पालिकामा  राहत

दैलेख । नारायण नगरपालिका तथा गुराँस र भगवतीमाई गाउँपालिकामा शाखा विस्तार गरेर काम शुरु गरेको प्रभु विकास बैंकले केही राहत सामग्री तीन स्थानीय पालिकालाई प्रदान गरेको छ । 

बैंक दैलेख शाखाले चामल, दाल र  नुन  वितरण गरेको हो । बैंकले पाँच शय्याको क्वारेन्टाइन निर्माणमा लाग्ने खर्च पनि सहयोग गर्ने शाखा प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए । 

बैंकले कोरोना नियन्त्रण कोषमा राख्ने गरी कर्णाली प्रदेश सरकारलाई रु पाँच लाख र सङ्घीय सरकारलाई रु एक करोड एक लाख प्रदान गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस