aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

अब रेमिट्यान्सबाट आएको पैसा पनि होम डेलिभरी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
अब रेमिट्यान्सबाट आएको पैसा पनि होम डेलिभरी हुने

काठमाडौं । वेस्टर्न युनियन, क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदान र भुक्तानीको अग्रणीले अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा घोषणा गरेको छ ।

एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो घरबाट बाहिर ननिस्की आफ्न्तले पठाएको रकम प्राप्त गर्न सक्ने जनाएका छन । सरकारले नागरिकहरुको सुरक्षाका लागि कोभिड—१९ लकडाउन र प्रतिबन्ध लागू गरेपछि अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले उनीहरुको रकम घरमै पु¥याउने भएको छ । होम डेलिभरी सुविधा आईतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ । 

“हामी र हाम्रा एजेन्टहरुले पैंसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्छौं । एक उद्देश्यद्वारा संचालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाईन समुदायहरुलाई पनि नविनतम तरिकाले सेवा गर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो, वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराहले भने ।”

“ग्राहकहरुको घर घरमा पैंसा डेलिभर गर्ने यो नयाँ एजेन्ट सर्भिसको थालनीले नागरिकहरुमा नगदको पहुँच पु¥याउँछ र बैंक खाता नभएकाहरु सहित ठुलो संख्यामा ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ, फराहले थपे ।”

“हामी जिम्मेवारपूर्वक हाम्रो ग्राहकहरुका सेवाका लागि तयार रहेको सुनिश्चित गर्न सकेसम्म सबै सम्भव प्रयास गर्न प्रतिबद्ध छौं । यो जारी अवस्था र जुन गतिमा हाम्रा वरिपरि चीजहरु परिवर्तन भइरहेका छन् हामी हाम्रो संचालनलाई अनुकूल गर्दै ग्राहकहरुलाई आफ्नै घरबाट आरामसँग रकम प्राप्त गर्न सक्षम बनाइरहेका छौं, अन्नपूर्ण ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक नवराज घिमिरेले भने ।”

“हामी बुझ्दछौं कि परिस्थिति मुसकिल छ र यो कठिन समयमा हामी ग्राहकहरुलाई वैकल्पिक समाधानहरु प्रदान गर्न पाउँदा खुशी छौं । हाम्रो नयाँ घर घरमा मनि ट्रान्सफर डेलिभरी सेवाले नागरिकहरुमा नगदको पहुँच सुनिश्चित गर्दछ र बैंक खाता नभएकाहरु सहित व्यापक ग्राहकहरुका लागि वित्तिय सेवा प्रदान गर्दछ, हुलास रेमिटान्सका निर्देशक हेमन्त गोल्छाले भने ।”

प्रतिक्रिया दिनुहोस