
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चैत महिनामा ४० प्रतिशतमात्र ब्याज उठेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाले पाउन पर्ने ब्याजको जम्मा ४० प्रतिशत मात्र आएको छ त्यो पनि कतिपय ऋणीको खाताबाटै कटाएको हुनेले यति ४० पतिशत भएको हो । बैशाखमा यो प्रतिशत घट्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताएका छन ।
बुधबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले आयोजना गरेको अनलाइन भिडियो कन्फेरेन्समा कुरा गर्दै उनले भने, बैंक तथा वित्तीय संस्था को चैत महिना किस्ता आउने बेला हो तर, त्यो बेला जम्मा ४० प्रतिशत मात्र ब्याज उठ्यो त्यसमा पनि केहि ऋणीको खातामा रकम भएकाले उनीहरुको ऋणको ब्याज खाताबाट कटाइएको छ ।यसले गर्दा अझै ५ प्रतिशत जति कम हुन पनि सक्ने उनले बताए ।
यता चैत मसान्तको तैमासिक विवरणमा समेत यसको असर पर्ने भएको छ । चैत मसान्तको वित्तीय विवरणमा पनि अघिल्ला विवरणभन्दा फरक आउने अध्यक्ष दाहालले बताए । उनले भने, 'तेस्रो त्रैमासको विवरण राम्रो छैन ।'
साथै मंलबार बैंक तथा वित्तीय संस्था परिसंघले जारी गरेको विज्ञप्तिमा उनले आपप्ति जनाएका छन् । उनले भने, बैंकको सञ्चालक समितिका व्यक्तिले बैंकको व्यबस्थापनले गर्ने निर्णय गर्ने यो पनि ठिक हो व्यबस्थापनलाई हस्तक्षेप भएको अनुभव भएको छ ।
प्रतिक्रिया दिनुहोस