aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई वटा लघुवित्तद्वारा स्थगित साधारणसभा गर्न पुनः आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
दुई वटा लघुवित्तद्वारा स्थगित साधारणसभा गर्न पुनः आव्हान

काठमाडौं । सरकारले आव्हान गरेको लकडाउन कायमै रहेका बेला मिर्मिरे लघुवित्त र स्वेडा लघुवित्तले स्थगित साधारण सभा पुनः आव्हान गरेका छन् । कम्पनीहरुले वैशाख १५ सम्म कायम लकडाउनको अवधि पुरा नहुदै त्यसपछिको अन्योलताका बावजुत पनि बुधवार सुचना सार्वजनिक गर्दै वैशाख १७ गतेका लागि सभाको मिति तय गरेका हुन ।

मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने र सोहि सम्बन्धी प्रस्ताव स्वेडाले पनि पारित गर्नका लागि सभा बोलाएका हुन । गत पुस २७ गते प्राप्ति सम्बन्धी सम्झौता गरेका कम्पनीहरुले चैत भित्र सबै प्रक्रिया सम्पन्न गर्ने लक्ष्य लिएका थिए । सोहि लक्ष्य बमोजिम गत चैत १७ गतेका लागि मिर्मिरेले विशेष साधारण सभा र स्वेडाले दोस्रो वार्षिक साधारण सभा आव्हान गरेका थिए । तर, चैत ११ गते सरकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेपछि सभा प्रभावित बनेको थियो । 

पुनः आव्हान गरिएको सभा मिर्मिरेले संस्थाको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलान्चोकमा र स्वेडाले शाखा कार्यालय गैरिधारा , काठमाडौंमा दिनको १ बजे गर्ने जानकारी दिएका छन् । सभाले प्राप्ती पश्चात संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न शेयर जारी गर्ने र सोपश्चात कायम हुने चुक्तापूँजीको आधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै , प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस