aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नमो नारायण सहकारीको घर-घरमै बैंकिङ सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
नमो नारायण सहकारीको घर-घरमै बैंकिङ सुविधा

काठमाडौं । काठमाडौंको टोखामा रहेको नमो नारायण सहकारीले आफ्ना ग्राहकहरुलाई घरमै गएर बैंकिङ सुविधा प्रधान गरेको छ । लकडाउनमा बैंकको कारोबार बन्द हुँदा असुबिधा परेको भन्दै उक्त सहकारीले आफ्ना ग्राहकलाई घर मै गएर बैंकिङ सुविधा दिएको हो।

सहकारीले लकडाउनको यस बीचमा ढकालटार बस्ने रेशम बहादुर गुरुङलाई नगद रुपैंया २५ हजार, सामाखुसी बस्ने सरला श्रेष्ठलाई २० हजार रुपैँया,  गंगबु टाउनप्लानिङ बस्ने अनुसा योन्जनलाई  रुपैँया २८ हजार र टोखा सरस्वती बस्ने राम काजी थापालाई  नगद ५० हजार रुपैँया सम्म भुक्तानी दिई चेक समेत लिँदै ग्राहकको सेवामा अहोरात्र खटिएको सहकारीका सह प्रबन्धक एब कर्जा अधिकृत भोला घिमिरे बताए।

घिमिरेले सहकारीमा आबद्ध अन्य ग्राहकलाई समेत बैंकिङ सेवाको आवश्यक परेमा सहकारीका सम्बन्धित व्यक्तिहरूलाई सम्पर्क गरेमा घरमै सेवा उपलब्ध गराउने  बताए।

कर्जा अधिकृत घिमिरेले ग्राहकको संस्था प्रतिको विश्वास तथा सरल बैंकिङ सेवाले गर्दा संस्था स्थापनाको एक  वर्ष पनि नपुग्दै यस छोटो अवधिमा नै करिब १२ सय ग्राहक बनाउन सफल भएको भन्दै आगामी दिनमा पनि  आफ्ना ग्राहकहरुलाई जस्तो सुकै विषम  परिस्थितिमा पनि बैंकिंग सेवा उपलब्ध गराउँदै जाने बताए।

साथै सस्थाका प्रबन्ध निर्देशक दिवाकर कार्कीले लकडाउन को समय थप हुने भएमा सस्थाले हप्ताको दुई दिन सोमबार र बिहिवार ११ बजेदेखि १ बजेसम्म सेवा दिने बताए।

टोखा नगरपालिका–६ स्थित बसुन्धरा (प्रहरी चौकी अगाडि) स्थापित उक्त सहकारी लामो समयसम्म सहकारीलगायतका क्षेत्रमा सक्रिय एवम् अनुभवी सञ्चालकहरू बाट सञ्चालन हुँदै आएको छ ।

संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यान दिँदै हाल साधारण बचत खाता, नवकोपिला बचत खाता, १५ महिने आकर्षक बचत खाता, नारी विशेष बचत खाता, ३६ महिने बचत खाता,आवधिक बचत खाता , १९० दिने आकर्षक बचत खाता, ३६५ दिने बचत खाता, खुत्रुक्के बचत खाता, नमोनारायण इस्योरेन्स बचत खाता, (एक वर्षको जीवन बीमा) नमोनारायण विशेष भ्रमण योजनालगायतका योजना तथा स्क्रिम सञ्चालनमा ल्याएको छ। 

प्रतिक्रिया दिनुहोस