aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एक्सेल डेभलपमेन्ट बैंक सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशत कटौति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
एक्सेल डेभलपमेन्ट बैंक सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशत कटौति

झापा । झापामा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले सञ्चालक समितिको भत्तामा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बैंकको खर्च घटाउने उद्देश्यले आगामी ६ महिनासम्मका लागि विभिन्न माध्यमबाट हुने बैठकमा सञ्चालक समितिले पाउने भत्ता ५० प्रतिशत घटाउने निर्णय भएको हो ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले सवै प्रकारको कर्जाको तिर्न बुझाउन बकी रहेको सम्पूर्ण रकम य वैशाख २० गतेसम्ममा चुक्तारभुक्तानी गरेमा चुक्ता/भुक्तानी गरेको सम्पूर्ण व्याज रकममा आधारदर भन्दा कम नहुने गरी १० प्रतिशतका दरले हुन आउने रकमले छुट प्रदान गर्ने निर्णय गरेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीको कारणले उत्पन्न असहज परिस्थितिबाट वित्तीय क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गरी यस बैंकबाट कर्जा कारोवार गरी रहेका ऋणीहरुलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यका यस्तो निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस