aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्स  बैंकासुरेन्स सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ जेठ २०७६
ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्स  बैंकासुरेन्स सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीकाबीच  बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने  छ । 

सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  बिजय बहादुर शाहले हस्ताक्षर गरेका थिए । यस बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । 

हाल यस बैंकले ९७ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र २८ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब २ लाख ४८ हजार ८ सय भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस