aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

सनराइज बैंकद्वारा धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
सनराइज बैंकद्वारा धौलागिरी र पर्वत अस्पतालमा पीपीई हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण २५ थान हस्तान्तरण गरेको छ । 

उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत  व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गर्दै आएको छ । 

हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपलब्ध गराई सकेको छ  र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउँदै जाने जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस