aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

आइसीएफसी फाइनान्सको नाफा  १० करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
आइसीएफसी फाइनान्सको नाफा  १० करोडभन्दा बढी

 काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आइसीएफसी फाइनान्सले  रुपैयाँ १० करोड ७३ लाख ७० हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म  १० करोड ९५ लाख ७६ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफामा २ प्रतिशत कम भएको हो । यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा कम भएकाले कम्पनीको नाफा घटेको हो । गत वर्ष  १५ करोड ६३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको यस कम्पनीले यस वर्ष १५ करोड २९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको हो । 

गत वर्षभन्दा यस वर्ष २ दशमलव १३ प्रतिशतले कम्पनीको सञ्चालन नाफा घटेको हो । कम्पनीको व्याज आम्दानी गत वर्षको तुलनामा साढे २२ प्रतिशत बढी भएको छ । गत वर्षको तेस्रो त्रैमाससम्म  २६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यस वर्ष सोहि अवधिमा  ३२ करोड ७१ लाख ८३ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

गत वर्षभन्दा यस वर्ष ६ दशमलव ३२ प्रतिशत बढी  ११ अर्ब ६२ करोड ४४ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ४१ प्रतिशत बढी  ९ अर्ब ७ करोड ५० लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा यो वर्ष ७१ प्रतिशत बढी भएको छ । गत वर्ष यसै अवधिसम्म शून्य दशमलव ३८ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ६५ प्रतिशत कायम भएको छ । हाल  ९२ करोड ६५ लाख २ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा  २७ करोड २९ लाख ८९ हजार रुपैयाँ कायम रहेको छ । तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी  १५ दशमलव ४५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ  १४२  रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस