aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

'ई@नबिल' कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा संचालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
'ई@नबिल' कर्पोरेट इन्टरनेट बैंकिङ्ग सेवा संचालन

काठमाडौं । नबिल बैंकले ‘ई@नबिल कर्पोरेट इन्टरनेट बैंकिङ्ग’ सेवा संचालनमा ल्याएको छ । ई@नबिल एसएमई, मीड कर्पोरेट तथा ठूला कर्पोरेटहरुलाई प्रदान गरिने इन्टरनेट बैंकिङ्ग सेवा हो । ई@नबिल मार्फत ग्राहकले नबिल बैंकमा खाता भएका ग्राहकहरुलाई स्वयम् नै रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका खातामा पनि सजिलै भुक्तानी गर्नुका साथैे बैंक शाखामा नआई कार्यालयबाट थोक भुक्तानीहरु समेत गर्न सक्नेछन् । 

ई२नबिलका सन्दर्भमा नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष, अनिल केशरी शाह, भने , “ई२नबिल व्यवसायिक ग्राहकवर्गलाई सरल, सहज र छिटो वित्तीय सेवा प्रदान गर्ने उत्कृष्ट प्रणाली हो । यस प्रणाली मार्फत हाम्रा ग्राहकवर्गले सजिलै छोटो समयमा स्वयम् नै रकमान्तरण गर्न सक्नेछन् । अब वित्तीय कारोबार गर्न नियमित बैंकमा आइरहनु पर्दैन ।”  यसका देश भरी ११८ शाखाहरु र १७५ एटिएम काउण्टरहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस