काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । यस वर्ष बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा यो नाफा १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ रहेको थियो ।
यस वर्ष गत वर्षको तुलनामा बैंकको नाफा २ प्रतिशत बढी भएको हो । तेस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ । यो नाफाबाट बैंक शेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्नेछ ।
यो वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएको छ । गत वर्ष यस अवधिमा १ अर्ब ४९ करोड १४ लाख ५ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले यस वर्ष १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको छ ।
हाल ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रति शेयर आम्दानी रू. १६ दशमलव ८७ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ दशमलव ७७ रुपैयाँ रहेको छ । तेस्रो त्रैमासमा बैंकले ७० अर्ब ३५ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ६२ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस