
काठमाडौं । कोभिड १९ बाट प्रभावित उद्योगले चालु पुँजीका लागि थप १० प्रतिशतसम्म ऋण पाउने भएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा ऋणीको वर्र्गिकरण वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अबस्थाको आधारमा बैंक तथा वित्तीय संस्थाको मन्जुरीमा १० प्रतिशत थप चालु पुँजीका लागि ऋण दिन सकिने व्यबस्था गरेको छ । यस्तो ऋणको अवधि एकवर्षको मात्र हुने छ ।
कोभिडबाट प्रभावित होटल, रेष्टुेन्ट, रिसर्ट, ट्राभल्स, टेकिंग, हवाई उड्डयन, साना तथा मझौला उद्योग, निर्यात उद्योग, मनोरञ्नन उद्योग, अस्पताल, पोल्टी व्यवसाय लगायतका व्यवसयाले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने चालु पुँजीका लागि ऋण लिन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस