
काठमाडौं, जेठ ७ । प्राइम कमर्सियल बैंकको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । बैंकले प्रस्तावित बोनस र साधारणसभा प्रयोजनका लागि बिहीबार बुक क्लोज गर्दैछ । बैंकले बोनस शेयर, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने विषय पारित गर्न जेठ २६ गते वार्षिक साधारणसभा गर्दैछ ।
बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रहेको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म बैंक १ अर्ब ५४ करोड ७९ लाख नाफा गरेको छ ।
प्रतिक्रिया दिनुहोस