aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

तेस्रो त्रैमासमा फष्ट माइक्रोफाइनान्सले कमायो ८ करोड बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
तेस्रो त्रैमासमा फष्ट माइक्रोफाइनान्सले कमायो ८ करोड बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फष्ट माइक्रोफाइनान्स कम्पनीले ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको तुलनामा भने कम्पनीको खुद नाफा ५ दशमलव ६८ प्रतिशतले कमि आएको छ । 

गत वर्ष यस अवधिमा कम्पनीले  ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानीमा ४ प्रतिशतले र सञ्चालन मुनाफा करिब ५ प्रतिशत घटेकाले नाफामा कमि आएको देखिन्छ । गत वर्षको नौ महिनामा  १४ करोड ४४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको यो कम्पनीले यस वर्ष  १३ करोड ७३ लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । गत वर्ष  १४ करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष  १३ करोड ८७ लाख रुपैयाँभन्दा बढी गरेको छ । 

यस वर्ष शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी  ८० करोड ७ लाख ४१ हजार रुपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २ दशमलव ४२ प्रतिशत बढी  १९ करोड ३८ लाख ४० हजार रुपैयाँ कायम भएको छ । तेस्रो त्रैमाससम्म कम्पनीले  ५ अर्ब ५७ करोड ९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो कर्जा गत वर्षको यसै अवधिसम्म कम्पनीले  ५ अर्ब १८ करोड ५२ लाख ८२ हजार  रुपैयाँ प्रवाह गरेको थियो । शुक्रबार सार्वजनिक तेस्रो त्रैमासको वित्तीय विवरण अुनसार गत वर्षभन्दा यस वर्ष कम्पनीको कर्जा प्रवाहको अवस्थामा ७ दशमलव ४४ प्रतिशत बृद्धि देखिएको हो ।

निष्क्रिय कर्जाको अवस्था भने शुन्य रहेको छ । यस अवधिमा कम्पनीले २० लाख रुपैयाँ लगानीमा रहेको वित्तीय विवरणमा उल्लेख छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी  १४ दशमलव ४३ र 
 रुपैयाँ प्रतिशेयर नेटवर्थ  १२४ दशमलव २१  रुपैयाँ रहेको छ । तेस्रो त्रैमासको वित्तीय विवरण कम्पनीले शुक्रबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस