
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा स्पर्श लघुवित्तले नाफामा उल्लेख्य बृद्धि गरेको छ । गत वर्षको तेस्रो त्रैसासको तुलनामा यस वर्ष कम्पनीको नाफा १९७ दशमलव ५० प्रतिशत बढी भएको हो । गत वर्ष ६० लाख ३९ हजार रुपैयाँ खुद नाफा गरेको यस कम्पनीले यस वर्ष १ करोड ७९ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको हो ।
यस वर्ष सञ्चालन नाफा १६३ दशमलव २२ प्रतिशत बढी भएको छ । गत वर्ष ८४ लाख ६७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २ करोड २२ लाख ८८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यस वर्ष शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर दिएर चुक्तापूँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम २ करोड ५९ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ३१५ दशमलव ५१ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ६२ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
यस वर्ष कम्पनीले २३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब २ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७० करोड ६९ लाख रुपैयाँ उधारो तथा सापटी लिएको छ । निष्क्रिय कर्जा १ दशमलव ३३ प्रतिशत रहेको यो कम्पनीले सम्भावित जोखिमका लागि ७९ लाख ५४ हजार रुपैयाँ छुट्याएको छ ।
नाफामा उल्लेख्य सुधार गरेको कम्पनीको प्रतिशेयर आम्दानी पनि २५ दशमलव ५५ रुपैयाँ कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमदज ७१ रुपैयाँ रहेको थियो । गत वर्ष १०७ दशमलव ५४रुपैयाँ रहेको प्रतिशेयर नेटवर्थ यस वर्ष १२७ दशमलव ७२ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनीले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस