
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको तुलनामा मञ्जुश्री फाइनान्सको नाफा ३२२.४७ प्रतिशत बढी भएको छ । कम्पनीले सोमवार तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार यस वर्ष कमपनीले १९ करोड ३२ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको नाफा ४ करोड ५७ लाख रुपैयाँ भन्दा बढी थियो ।
यस वर्ष खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालन मुनाफासँगै नाफामा बृद्धि देखिएको हो । गत वर्ष तेस्रो त्रैमाससम्म १८ करोड ९१ लाख रुपैयाँ भन्दा बढी खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यस वर्षको सोही अवधिसम्ममा २९ करोड ११ लाख रुपैयाँ भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष ५ करोड ६५ लाख रुपैयाँ भन्दा बढी रहेको सञ्चालन मुनाफा यस वर्ष १६ करोड २७ लाख रुपैयाँ भन्दा बढी भएको छ ।
हाल ८१ करोड रुपैयाँ भन्दा बढी चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १९ करोड ७२ लाख रुपैयाँ भन्दा बढी रहेको छ । त्यस्तै रिटेन्ड अर्निङ्गमा ११ करोड रुपैयाँ भन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ ३२५ दशमलव शून्य ८ रहेको छ ।
तेस्रो त्रैमासमा ५ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको यो कम्पनीले ५ अर्ब ६१ करोड रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष २.९६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३.४३ प्रतिशत रहेको छ । गत वर्ष यस अवधिमा १२ दशमलव शून्य ५ रहेको कम्पनीको आधार व्याजदर यस वर्ष १० दशमलव ७१ मा खुम्चिएको छ ।
प्रतिक्रिया दिनुहोस