काठमाडौं । नयाँ नेपाल लघुवित्तसँग मर्जरमा जान लागेको सारथी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १३ लाख ९४ हजार रुपैयाँ खराब कर्जा उठाएकोे छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ४६ लाख ८२ हजार रुपैयाँमात्र खराब कर्जा संकलन गरेको थियो ।
सोमवार कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ५ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधि भन्दा २९४ प्रतिशत बढी हो । गत वर्ष यो कम्पनीले ५२ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खराब कर्जा संकलनमा आएको बृद्धि गरेसँगै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा समेत बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म गत वर्षभन्दा १८६ प्रतिशत बढी ५ करोड १३ लाख ९१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी १ करोड ७९ लाख ८५ हजार रुपैयाँ रहेको थियो । त्यस्तै गत वर्षभन्दा यस वर्ष २१२ प्रतिशत बढी १ करोड १२ लाख १७ हजार रुपैयाँ सञ्चालन नाफा कम्पनीले गरेको छ ।
हाल १३ करोड १६ लाख ६० हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ७६ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । यस वर्ष ३६ करोड ९३ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले १ अर्ब ३४ करोड २८ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जाको अनुपात १ दशमलव १४ प्रतिशत रहेको छ । गत पुस ४ गतेदेखि सत्यवत्ती लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तसँग मर्जरमा जानको लागि सम्झौता समेत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस