
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो घरमै बसेर अनलाईन खाता खोल्न सकिने सेवाको स्तरोन्नत्ती गरेको छ । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको यस बैंकले सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृतरुपमा गरेर सञ्चालनमा ल्याएको छ ।
यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै वसिबसि बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वा्धिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् ।
यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाईन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।
कोरोना भाइरस Covid 19 महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए.टि.एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस