
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मितेरी डेभलपमेण्ट बैंकले १२ करोड ८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । सोेमबार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षभन्दा १५ प्रतिशत बढी नाफा गरेको हो । गत वर्ष यसै अवधिसम्म कम्पनीले १० करोड ४६ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो ।
यस वर्ष २० करोड ३८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्षभन्दा १५ प्रतिशत बढी १७ करोड २५ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।
१८ दशमलव ५२ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी ६९ करोड ३३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष रकम यस वर्ष ४१ प्रतिशत बढी रकम जम्मा भएको छ । गत वर्ष १४ करोड २१ लाख ७८ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष २० करोड ९ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीले गत वर्षभन्दा ५ प्रतिशत बढी ४ अर्ब ९५ करोड ८९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने करिब ५ प्रतिशत बढी ४ अर्ब २३ करोड ५९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २३ दशमलव २३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३७ दशमलव ९६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस