
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ५९ करोड ६४ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको नाफा ४९ करोड ६७ लाख ९८ हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले २० प्रतिशत बढी नाफा गरेको हो ।
सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेको कम्पनीको हाल १२ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको छ । जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष १४२ प्रतिशत बढी १ अर्ब ४९ करोड २ लाख रुपैयाँ कायम भएको छ । निक्षेप संकलन यस वर्ष २५ करोड रुपैयाँ भएको छ भने कर्जा प्रवाह ५८ करोड २९ लाख ६२ हजार रुपैयाँ छ । कम्पनीले विभिन्न क्षेत्रमा १२ करोड ५८ लाख रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
यस वर्ष ९२ करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको कम्पनीको सञ्चालन मुनाफा भने ८५ करोड रुपैयाँभन्दा बढी छ । गत वर्षृ कम्पनीको सञ्चालन मुनाफा ७० करोड रुपैयाँभन्दा बढी थियो ।
प्रतिक्रिया दिनुहोस