
काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागि जम्मा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
बैंक सञ्चालक समितिको निर्णयअनुसार केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको लागि नेपाल एसबिआई बैंकको तर्फ बाट ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
उक्त चेक हस्तान्तरणमा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, अनुकूल भटनागरले उधोग, वाण्ज्यि तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा माननीय उधोग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड, नेपाल सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
यसका साथै नेपाल एसबिआई बैंकले प्रत्यक प्रदेश सरकारलाई रकम रु ५ लाखको चेक हस्तान्तरण गरिसकेको छ ।साथै बाँकीको १५ लाख रुपैयाँ बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस