aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

सपोर्ट माइक्रोफाइनान्सको नाफा उल्लेख्य रूपमा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
सपोर्ट माइक्रोफाइनान्सको नाफा उल्लेख्य रूपमा बढ्यो

काठमाडौंं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले  ६६ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण विहिवार सार्वजनिक गरेको हो । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २२० प्रतिशत बढी हो । 

गत वर्ष कम्पनीले   २० लाख ७० हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो । यस वर्ष गत वर्षभन्दा कम्पनीको खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफामा राम्रो बृद्धि भएसँग नाफा बढ्नमा सहयोग मिलेको देखिन्छ । यस वर्ष कम्पनीले  ३ करोड १९ लाख रुपैयाँँ भन्दा बढी खुद व्याज आम्दानी गरेको छ भने  १ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । 

हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ करोड १३ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । यस वर्ष तेस्रो त्रैमाससम्म १७ करोड १ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने८६ करोड ३३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

यस अवधिसम्म कम्पनीले  ६३ करोड ४० लाख रुपैयाँभन्दा बढी रकम सापटी लिएको देखिन्छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा भने घटेको छ । गत वर्ष २ दशमलव ८६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष  १ दशमलव ६७ प्रतिशतमा झरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी  १४ दशमलव ७३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ  १३५ दशमलव ५९ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस