
काठमाडौं ।एक्सेल डेभलपमेण्ट बैंकको नाफा गत वर्षभन्दा यस वर्ष घटेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा घटेको देखिएको हो । यस वर्ष कम्पनीले रू. ८ करोड ६० लाख ७२ हजार खुद नाफा गरेको छ ।
यो नाफा गत वर्ष यसै अवधिको तुलनामा २४ दशमलव ७८ प्रतिशत कम हो । गत वर्ष कम्पनीले रू. ११ करोड ४४ लाख २९ हजार खुद नाफा गरेको थियो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा रू.१ करोड १५ लाख ८० हजार छ ।
यस वर्ष लकडाउनका कारण कर्जा संकलन गर्न नसक्दा कम्पनीको निष्क्रिय कर्जा बढेको छ । गत वर्ष १ दशमलव शून्य ८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ३ दशमलव ६६ प्रतिशत कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६९ करोड २६ लाख ७३ हजार छ भने जगेडा कोष रकम रू. ४८ लाख ९० हजार रहेको छ । गत वर्षको तुलनामा कम्पनीको चुक्तापूँजी र जगेडा कोषमा कुनै परिवर्तन देखिएको छैन् ।
कम्पनीले यस वर्ष गत वर्षभन्दा २२ प्रतिशत बढी रू. ९ अर्ब ८ करोड ९० लाख ३६ हजार निक्षेप संकलन गरेको छ भने २४ दशमलव ६० प्रतिशत बढी रू. ७ अर्ब ९० करोड ६५ लाख ८८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको आधार व्याजदर बढेको छ ।
गत वर्ष तेस्रो त्रैमाससम्म १० दशमलव ५० प्रतिशत रहेको आधार व्याजदर यस वर्ष सोहि अवधिसम्म १० दशमलव ६१ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ५७ र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव ९२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस