पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा न। ३ स्थित मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको बुधबार एक समारोहका बीच एक्सटेन्सन काउन्टरको शुरुआत गरेको छ ।
शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूंजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने छ । शाखा कार्यालय वीरगंजका शाखा प्रवन्धक टिकाराज रिजालको अध्यक्षतामा भएको सो एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका प्रदेश नम्बर २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले गरेको थियो ।
उक्त अवसरमा मालपोल कार्यालय पर्साका निमित्त प्रमुख सुमन झा, लेखापढी व्यवसायी संघ पर्साका अध्यक्ष रामआधार प्रसाद कलवार, प्रदेश नम्बर २ कार्यलयका प्रवन्धक दिनेश गौतम, शाखा कार्यालय श्रीपुरका प्रवन्धक ईश्वरीप्रसाद ढुङ्गेल, शाखा सहायक प्रवन्धक प्रकाश दुलाल, सरोज लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
प्रतिक्रिया दिनुहोस