
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्रीन डेभलपमेण्ट बैकले गत वर्षभन्दा १३ दशमलव ८६ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा १ करोड ६२ लाख ५२ हजार रुपैयाँ खुद नाफा गर्न कम्पनी सफल भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा१ करोड ४२ लाख ७४ हजार थियो । यस वर्ष सञ्चालन नाफा पनि सोहि अनुपातमा बृद्धि भएको छ । गत वर्ष २ करोड ३ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको यस कम्पनीले यो वर्ष २ करोड ३२ लाख रुपैयाँ भन्दा बढी सञ्चालन नाफा गरेको छ ।
चुक्तापूँजीमा कुनै पनि बृद्धि देखिएको छैन भने जगेडा कोष रकमा ७८ दशमलव ८४ प्रतिशत बढी कायम भएको छ । कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ रहेको छ भने गत वर्ष १ करोड ५२ लाख रुपैयाँभन्दा बढी रहेको जगेडा कोष रकम यस वर्ष २ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
गत वर्षभन्दा यस वर्ष ३४ प्रतिशत बढी १ अर्ब ३५ करोड २९ लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ८ दशमलव ६६ प्रतिशत बढी १ अर्ब ७९ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गतव वर्ष यस अवधिमा ३ दशमलव ८६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ३२ प्रतिशतमा खुम्चिएको छ ।
आधार व्याजदर गत वर्ष १२ दशमलव ५५ प्रतिशत रहेकोमा यस वर्ष बढेर १३ दशमलव ४५ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ४ दशमलव ६३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०७ दशमलव ४८ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस