
काठमाडौं । नेपाल राष्ट्र बैंकलले पूर्व बजेट छलफल गरेको छ । गभर्नर महाप्रसाद अधिकारीलले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा सुझाव संकलन गर्ने उद्देश्यका साथ वेबीनार मार्पmत पूर्वबजेटकालीन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन ।
हाल विश्वव्यापी रूपमा देखापरेको कोभिड–१९ को विषममा राष्ट्र बैंकले चालू वर्ष वेबीनारमा बैंक तथा वित्तीय संस्था, पँुजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवम् अथविज्ञसँग बैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझावहरू संकलन गरेको छ ।
सो अवसरमा बैंकका प्रवक्ता एवम् अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पार्दै उक्त वेबीनार कार्यक्रमको सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख , नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसनको सहभागीता रहेको थियो ।
त्यस्तै, एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एसोसियन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघु िवत्त बैंकर्स संघ, नेपाल घरेलुतथा साना उद्योग महासंघ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठका साथै बैंकका विभिन्न विभागका विभागीय प्रमुख हरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस