aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच बैंक्यासुरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ जेठ २०७६
लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच बैंक्यासुरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्स र नबिल बैंकबीच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र नबिल बैंक लिमिटेडका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेकाे थियाे ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंक लिमिटेडका शाखाहरु मार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बैंकका बैक्यासुरेन्स बिभागका प्रमुख प्रविण खनाल र इन्स्योरेन्समा ठमेल शाखा प्रमुख सुबोध ढुंगेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस