
काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को सबै वाणिज्य बैंकहरुले तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरिसकेका छन् । २८ वटा वाणिज्य बैंकहरुमा कसले कस्तो प्रतिवेदन पेश गरे छन ? बैंकहरुले प्रकाशित गरेको त्रैमासिक प्रतिवेदनका आधारमा बैंकको वित्तीय स्थिति विश्लेषण गरिएको छ ।
निक्षेप तथा कर्जा
२८ वटा बैंकहरुले जम्मा २६ खर्ब ३० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जामा २३ खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको छ । ११ वटा कम्पनीले १ खर्ब रुपैयाँ माथि निक्षेप संकलन गरेको छ भने कर्जामा ८ वटा कम्पनीले खर्ब रुपैयाँ माथि लगानी गरेको छन ।
निक्षेपमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ संकलन गरेको छ भने यस कम्पनीले कर्जामा १ खर्ब ३७ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छन ।
दोस्रो स्थानमा एनआईसि एशिया बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी कर्जामा सबैभन्दा बढी यसै कम्पनीले लगानी गरेको छ । जसले कर्जामा १ खर्ब ४१ अर्ब रुपैयाँ लगानी गरेका छन ।
सबैभन्दा कम निक्षेप तथा कर्जा लगानीमा सिभिल बैंक रहेको छ । जसले निक्षेपमा ३९ अर्ब ९२ करोड रुपैयाँ संकलन गरी कर्जामा ४१ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन् ।
खुद व्याज आम्दानी तथा संचालक मुनाफा
२८ वटा बैंकमा खुद व्याज आम्दानी तथा संचालक मुनाफामा सबैभन्दा अगाडि राष्ट्रिय वाणिज्य बैंक रहेको छ । जसले खुद व्याज आम्दानीमा ७ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफामा ४ अर्ब ८६ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो स्थानमा नबिल बैंकले खुद व्याज आम्दानी ५ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको छ । भने संचालन मुनाफामा ४ अर्ब ५० करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै खुद व्याज आम्दानी तथा संचालक मुनाफामा सबैभन्दा कम सिभिल बैंकको रहेको छ । जसको खुद व्याज आम्दानी तथा संचालन मुनाफा क्रमश १ अर्ब ५८ करोड रुपैयाँ र ७६ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी तथा खुद मुनाफा
चुक्ता पुँजीको आधारमा २८ वटा वाणिज्य बैंकमा सबैभन्दा बढी कृषि विकास बैंकको रहेको छ । जसको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ पुर्याएको छ ।
४ वटा बैंकहरुले १० अर्बमाथि चुक्ता पुँजी पुर्याएका छन ,भने ९ अर्ब पुर्याउने ४ वटा बैंक रहेका छन् । १८ वटा बैंकले ८ अर्ब पुर्याएका छन र २ वटा बैंक कुमारी र एनसिसि बैंकले भन ८ अर्ब रुपैयाँ पनि पुर्याएको छैन । कुमारी बैंकले दुई आवको २१ दशमलव २५ प्रतिशत बोनस शेयरले बल्ल ८ अर्ब पुर्याएको छ ।
यस तेस्रो त्रैमासमा खुद मुनाफा सबैभन्दा बढी कमाउने अर्थात ३ अर्ब रुपैयाँ पुर्याउने राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक हुन । जसले क्रमश नाफा ३ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ र ३ अर्ब १९ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकहरुले १३ दशमलव ४२ प्रतिशत र ३ दशमलव १७ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै, २ अर्ब रुपैयाँ पुर्याउने नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसि एशिया बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र हिमालय बैंक रहेको छ । २८ वटा कम्पनीमा सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक रहेको छ । जसको नाफा ४९ करोड ३८ लाख रुपैयाँ कमाएको छ ।
२८ वटा कम्पनीमा अघिल्लो वर्षको तुलनामा अत्याधिक नाफा बढाउनेमा एनआईसि एशिया बैंक रहेको छ । जसले १४५ दशमलव ४१ प्रतिशतले नाफा वृद्धि गरी २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९२ करोड ७६ लाख रुपैयाँ कमाएको थियो ।
त्यस्तै, मेगा बैंकले पनि १३१ दशमलव ३३ प्रतिशतले बढेर १ अर्ब २१ करोड ४२ लाख रुपौयाँ आर्जन गरेको छ । २८ वटा कम्पनीमा २५ वटा बैंकले नाफा बढाएको छ भने ३ वटा बैंकले नाफा घटाएको छ ।
प्रतिशेयर आम्दानी तथा बजार मुल्य
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल साधारण शेयरले भाग गर्दा साधारण शेयरधनीले प्रतिकित्ता शेयर बराबर कति कमाइ गरे भन्ने कुरा प्रतिशेयर आम्दानीले जनाउँछ । कुनै पनि कम्पनीको प्रतिशेयर आम्दानी उच्च भएको खण्डमा सो कम्पनी सबल भन्ने जनाउँछ । २८ वटा कम्पनीमा प्रतिशेयर आम्दानी सबैभन्दा बढी ४७ दशमलव २१ रुपैयाँ नबिल बैंकको रहेको छ । सबैभन्दा कम सिभिल बैंकको ८ दशमलव २३ रुपैयाँ रहेको छ ।
बुधबार बजार मुल्यको आधारमा सबैभन्दा बढी शेयर मुल्य नबिल बैंकको नै रहेको छ । जसको मुल्य ८ सय ४१ रुपैयाँ रहेको छ । सबैभन्दा कम बजार मुल्य सिभिल बैंकको १ सय ४७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस