
काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष मिर्मिरे लघुवित्तको खुद नाफा घटेको छ । आइतवार कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १६ दशमलव ७४ प्रतिशतले घटेको हो ।
गत वर्ष रू. ३ करोड ५९ लाखभन्दा बढी खुद नाफा गरेको यस कम्पनीले यो वर्ष रू. २ करोड ९९ लाख ३६ हजार खुद नाफा गरेको हो । खराब कर्जा संकलन गत वर्षभन्दा ४४ प्रतिशत बढी रू. १ करोड ३५ लाखभन्दा बढी गरेको कम्पनीको गत वर्षभन्दा २६ दशमलव ४६ प्रतिशत बढी रू. ११ करोड १७ लाख खुद व्याज आम्दानी गरेको छ ।यस वर्ष लकडाउनका कारण नियमित प्रकृयामा कारोबार सुचारु हुन नसक्दा नाफा घटेको कम्पनीको भनाई छ ।
गत वर्ष रू.४ करोड ७१ लाख ३८ हजार सञ्चालन मुनाफा गरेको यो कम्पनीको यो नाफा यस वर्ष रू. ३ करोड ४० लाख १५ हजार मात्र रहेको छ । सञ्चालन नाफा गत वर्षभन्दा यस वर्ष २७ दशमलव ८३ प्रतिशत कम भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड ६७ लाख ४० हजार रहेको छ । यस वर्ष गत वर्षभन्दा ४८ दशमलव १८ प्रतिशत बढी रू. १० करोड ५० लाख ४३ हजार जगेडा कोष कायम भएको छ ।
निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष ४० दशमलव ६८ प्रतिशत बढी रू. ९५ करोड ७२ लाख ९३ हजार गरेको छ भने ४ दशमलव ४३ प्रतिशत बढी रू. २ अर्ब ५० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधिसम्म कम्पनीले रू. १ अर्ब ५६ करोडभन्दा बढी कर्जा सापट लिएको छ । निष्क्रिय कर्जा १ दशमलव ९२ प्रतिशत रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव २५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस