
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको नाफा गत वर्षभन्दा ६६ दशमलव ७५ प्रतिशतले बढी भएको छ । कम्पनीले आइतवार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार यस वर्ष रू. ३ करोड ६५ लाख ८० हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्ष यस अवधिसम्म रू. २ करोड १९ लाख ३६ हजार थियो ।
गत वर्षको जेठमा सर्वसाधारणलाई आईपीओ जारी गरेको यो कम्पनीको चुक्तापूँजी हाल रू. २२ करोड ८१ लाख ४० हजार छ । यस वर्ष शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर कम्पनीले वितरण गरेको छ । जगेडा कोष रकम गत वर्षभन्दा १५१ प्रतिशत बढी रू. ६ करोड ८२ लाख २२ हजार कायम भएको छ ।
यस वर्ष रू. १ अर्ब ५ करोड ३६ लाख विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा सापट लिएको यो कम्पनीले गत वर्षभन्दा करिब ४५ प्र्रतिशत बढी रू. १ अर्ब ९४ करोड ३७ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने गत वर्षभन्दा यस वर्ष ४० दशमलव ७९ प्रतिशत बढी रू. ६४ करोड ३१ लाख २ हजार भएको छ ।
गत वर्ष १ दशमलव शून्य १ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ६९ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २१ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव ९० छ ।
प्रतिक्रिया दिनुहोस