aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

मेरोमाइक्रो फाइनान्सद्वारा १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
मेरोमाइक्रो फाइनान्सद्वारा १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग

काठमाडौं ।  मेरोमाइक्रो फाइनान्स लघुवित्तीय  बित्तीय संस्था  लिमिटेडले १९ स्थानीय राहत कोषमा आर्थिक सहयोग गरेको छ । दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका वर्गहरुलाई तत्काल राहत हुने गरी संस्थाका स्थानीय तह अन्तर्गत रहेका १९ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत  स्थानीयतह राहत कोषमा ६ लाख ५९ हजार आर्थिक सहयोग गरेको हो । 

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले समुदाय स्तरमा निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास लिएको बताए । 

यस अघि फाइनान्सले  संघिय सरकारको कोरोना नियन्त्रण तथा राहत कोषमा २५ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै फाइनान्सले बन्दाबन्दीको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस