
काठमाडौं । एभरेष्ट बैंकले गत आवको तेस्रो त्रैमासको तुलनामा यस वर्ष सोहि अवधिसम्म ६ प्रतिशत बढी खुद नाफा गरेको छ । सोमबार बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको नाफा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी भएको हो ।
यो नाफा गत वर्षको यसै अवधिसम्म २ अर्ब २१ करोड रुपैयाँभन्दा बढी थियो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ९४ करोड ३५ लाख रुपैयाँ भन्दा बढी रहेको छ । तेस्रो त्रैमासम्ममा बैंकले ४ अर्ब ३४ करोड रुपैयाँ भन्दाबढी खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँ भन्दा बढी खुद व्याज आम्दानी गरेको थियो भने ३ अर्ब १४ करोड रुपैयाँ भन्दा बढी सञ्चालन मुनाफा गरेको थियो ।
गत वर्ष भन्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि बृद्धि देखिएको छ । हाल ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ । प्रतिशेयर आम्दानी ३७ दशमलव ३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस