aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नेपाल एसबिआई बैंकको नाफा घट्यो, जगेडा कोष भने ३४ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
नेपाल एसबिआई बैंकको नाफा घट्यो, जगेडा कोष भने ३४ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष यस अवधिसम्म १ अर्ब ६० करोड ६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष  १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा १० दशमलव १५ प्रतिशत कम भएको हो । 

यस वर्ष बैंकको सञ्चालन नाफा ७ प्रतिशत कम भएकाले पनि नाफामा कमि आएको हो । यस त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने १० करोड ४३ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत वर्ष २ अर्ब २० करोड रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष सोहि अवधिसम्म २ अर्ब ४ करोड ९१ लाख ५१ हजार रुपैयाँमात्र सञ्चालन नाफा गरेको हो । यस वर्ष ६ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम गत वर्षभन्दा ३४ प्रतिशत बढी कायम भएको छ ।

 गत वर्ष यस अवधिसम्म ३ अर्ब ८५ करोड १४ लाख ५६ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म  ५ अर्ब १६ करोड ७९ लाख २० हजार रुपैयाँ कायम भएको छ । यस वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ७ अर्ब २५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९५ अर्ब २१ करोड ६८ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ९ प्रतिशत र कर्जा प्रवाह करिब १३ प्रतिशत बढेको हो । निष्क्रिय कर्जा शून्य दशमलव १९ रहेको यस बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव ४१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३ दशमलव ७२ रुपैयाँ  छ ।
 

प्रतिक्रिया दिनुहोस