aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कृषि विकास बैंकको वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
कृषि विकास बैंकको वितरणयोग्य नाफा १ अर्बभन्दा बढी

काठमाडौं । कृषि विकास बैंकको नाफा गत वर्षभन्दा यस वर्ष कम भएको छ । मंगलवार बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले यस वर्ष २ अर्ब ४ करोड रुपैयाँभन्दा बढी नाफा गरेको हो । 

यो नाफा गत वर्षको यसै अवधिसम्म २ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ७ दशमलव ७८ प्रतिशत कम भएको हो । यस अवधिसम्म बैंकको शेयरधनीहरुलाई लाभांश मार्फत वितरण गर्न सकिने विरणयोग्य नाफा भने १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी छ । 

गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा २ दशमलव ४५ प्रतिशत र खुद ब्याज आम्दानी पनि १७ दशमलव ७३ प्रतिशतले घटेको छ । यस वर्ष कोरोनाका कारण गरिएको लकडाउनको प्रभाव कम्पनीको त्रैमासिक वित्तीय विवरणमा देखिएको हो । गत वर्ष २ अर्ब ७६ करोड ९२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष  २ अर्ब ७० करोड १३ लाख रुपैयाँ भन्दा बढी सञ्चालन नाफा गरेको हो । 

त्यस्तै गत वर्ष यस अवधिसम्म  ५ अर्ब ३० करोड १९ लाख रुपैयाँ भन्दा बढी खुद व्याज आम्दानी गरेको बैंकले यस वर्ष सोहि अवधिसम्म रू. ४ अर्ब ३६ करोड १८ लाखभन्दा बढी खुद व्याज आम्दानी गरेको हो । हाल बैंकको चुक्तापूँजी १४ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ भन्दा बढी छ । गत वर्ष यस अवधिसम्म बैंकको चुक्तापूँजी रू. १४ अर्ब ४४ कोड ८२ लाखभन्दा बढी थियो । जगेडा कोष रकम गत वर्षभन्दा शून्य दशमलव ४१ प्रतिशत कम १० अर्ब ४३ करोड ९० लाख रुपैयाँ भन्दा बढी कायम भएको छ ।

 गत वर्ष यस अवधिसम्म बैंकको जगेडा कोषमा १० अबै ४८ करोड २४ लाख रुपैयाँ भन्दा बढी रकम रहेको थियो । गत वर्षभन्दा यस वर्षको तेस्रो त्रैमाससम्म बैंकले ९ दशमलव ७८ प्रतिशत बढी १ खर्ब ३० अर्ब ५१ करोड ८६ लाख रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ भने गत वर्षभन्दा साढे ११ प्रतिशत बढी  १ खर्ब २१ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । 

 गत वर्ष १९ दशमलव ७४ रहेको बैंकको निष्क्रिय कर्जा यो वर्ष १९ दशमलव ८२ कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३२ दशमलव ११ रुपैयाँ छ । यस अवधिसम्म बैंकले २८ दशमलव ३७ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस