aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कुमारीको बैंक नाफा १ अर्बभन्दा बढी , वितरणयोग्य नाफा ४ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
कुमारीको बैंक नाफा  १ अर्बभन्दा बढी , वितरणयोग्य नाफा ४ करोडभन्दा बढी

काठमाडौं । कुमारी बैंकले मंगलवार १ अर्ब १ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३२ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफामा शून्य दशमलव ९४ प्रतिशतको बृद्धि देखिएको हो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने  ४ करोड ५० लाख ६१ हजार रुपैयाँमात्र रहेको छ । यो नाफाबाट बैंकले शेयरधनीहरुलाई लाभांश दिन सक्नेछ । यस वर्ष सञ्चालन नाफा ४ दशमलव २१ प्रतिशत बढी भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म  १ अर्ब ४२ करोड ८६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले  १ अर्ब ४८ करोड ८९ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । 

खुद व्याज आम्दानी गत वर्षभन्दा २३ दशमलव २६ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिसम्म २ अर्ब २३ करोड ३० लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको बैंकले यस वर्ष सोहि अवधिसम्म २ अर्ब ७५ करोड २६ लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी गरेको हो ।

 १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म बैंकको जगेडामा  २ अर्ब ९ करोड रुपौयँभन्दा बढी रकम रहेको थियो । यो वर्ष बैंकले साढे ४५ प्रतिशतले जगेडा कोष रकम बढाएको हो ।

यस वर्ष बैंकले ८५ अर्ब ५० करोड ६७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ८९ अर्ब ७० करोड ५० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष १६ दशमलव ८१ प्रतिशत बढी निक्षेप संकलन र २२ दशमलव ८५ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो । बैंकको प्रतिशेयर आम्दनी  १४ दशमलव १३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १३२ दशमलव ६५ रुपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस