
काठमाडौं । नबिल बैंक लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण मंलगबार प्रकाशित गरेकोमा वित्तीय विवरणमा गत अबको भन्दा करिब ४ करोड नाफामा कम भएको हो । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणमा यसअवधिमा खुद नाफा १ दशमलब १५ ले घटेर ३ अर्ब १५ करोड ८६ लाख ८६ हजार रुपैयाँमा आएको छ ।
गत वर्ष बैंकले ३ अर्ब १९ करोड १० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी शुन्य दशमलब ७३५ ले घटेर ५ अर्ब ३७ करोड ५ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
१० अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ७६ करोड रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। गत आवको मसान्तसम्ममा बैंकको जगेडा कोषमा १० अर्ब ४४ करोड रुपैयाँ सञ्चित थियो। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ६९ पैसाबाट घटेर ४५ रुपैयाँ ७४ पैसामा सीमित भएको छ।
गत असार मसान्तसम्ममा १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब २७ अर्बबाट बढेर १ खर्ब ४९ अर्ब पुगेको छ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ९ दशमलब ८५ ले घटेर २ अर्ब ९ करोड ५२ लाख ८४ हजार रुपैयाँमा आएको छ । चैत मसान्तसम्म आइपुग्दा नबिलको पतिसेयर आम्दानी १ रुपैयाँ ९५ पैसाले घटेर ४५ रुपैयाँ ७४ पैसा कायम भएको छ ।
बैंकले चैत मसान्तसम्ममा ५ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ३ करोड ९५ लाख रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४० लाख १३ हजार रुपैयाँ घटेर ४ अर्ब ५० करोड रुपैयाँमा झरेको छ।
प्रतिक्रिया दिनुहोस