aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

सिद्धार्थ बैंकको वितरण योग्य नाफा १५ करोड ऋणात्मक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
सिद्धार्थ बैंकको वितरण योग्य नाफा १५ करोड ऋणात्मक

काठमाडौं । चालु आर्थिक २०७६÷७७ को तेस्रो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको वितरण योग्य मुनाफा करिब १५ करोडले ऋणात्मक भएको छ । बैंकको वितरण योग्य नाफा १५ करोड ३२ लाख १० हजार रुपैयाँ ऋणात्मक भएको हो । गत वर्ष यस बैंकको वितरण योग्य नाफा ८९ करोड ५३ लाख ९७ हजार रुपैयाँ थियो ।
 
 खुद नाफा पनि १५ दशमलब ८७५ ले घटेर १ अर्ब ३३ करोड ९९ लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष सिद्धार्थले १ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा घटेको तथा खराब कर्जा अनुपात बढेकाले खुद नाफामा दबाब परेको हो । 
 
बैंकको सञ्चालन नाफा १२ दशमलब ७९ प्रतिशतले घटेको छ । त्यस्तै  खराब कर्जा शुन्य दशमलब ८८ प्रतिशत ले बढेको छ । चैत मसान्तसम्म आइपुग्दा सिद्धार्थको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८ पैसाले घटेर १८ रुपैयाँ ९१ पैसा कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस