aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नौं महिनामा देवः विकास बैंकको नाफा २३ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
नौं महिनामा देवः विकास बैंकको नाफा २३ करोडभन्दा बढी

काठमाडौं । कुमारी बैंकमा विलय हुन लागेको देवः विकास बैंकले चालू आर्थिक वर्षको नौं महिनामा २३ करोड ४९ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म २९ करोड १८ लाख ८९ हजार रुपैयाँ थियो । बैंकले मंगलवार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा १९ दशमलव ५० प्रतिशत कम भएको हो ।

यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा २० प्रतिशत घटेकाले नाफामा पनि कमि आएको हो । गत वर्ष ४१ करोड ९२ लाख ८९ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३३ करोड ५० लाख २९ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको छ । बैंकको खुद व्याज आम्दानी भने यस वर्ष १८ दशमलव २५ प्रतिशत बढी  ८२ करोड ३६ लाख ३१ हजार रुपैयाँ भएको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा  १ करोड १८ लाख १८ हजार रुपैयाँ छ ।

हाल  ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो बैंकले गत वर्षभन्दा ३१ दशमलव ९४ प्रतिशत बढी  ६४ करोड १२ लाख २३ हजार रुपैयाँ जगेडा कोष रकम कायम गरेको छ । निक्षेप संकलन  २३ अर्ब ५४ करोड ५० लाख रुपैयाँभन्दा बढी गरेको बैंकले कर्जा प्रवाह  २१ अर्ब ३५ करोड ८२ लाख ९० हजार रुपैयाँ गरेको छ । गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ८ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशत बढी भएको हो । 

निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष यस अवधिसम्म १ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ५७ प्रतिशत कायम भएको छ । वार्षिक  ९ दशमलव ८६  प्रतिशत प्रतिशेयर आम्दानी रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ  १३१ दशमलव ५९ रुपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस