aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजमा १० प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा परेका व्यवसायीलाई १० प्रतिशत ब्याज छुट दिएको छ । बैंकले नेपाल राष्ट्र बैंकले चैत १६ गते जारी गरेको निर्देशन बमोजिम २०७६ चैत्र महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरुमध्ये चैत्र मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको व्याज रकममा  छुट प्रदान गरेको हो ।

 ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाख रुपैयाँभन्दा बढी रहेको छ । 
                    
                    

                                    
                                    
 

प्रतिक्रिया दिनुहोस