aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिभिल बैंकको लाभांश पारित गर्न दुई आवको साधारणसभा बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ बैशाख २०७६
सिभिल बैंकको लाभांश पारित गर्न दुई आवको साधारणसभा बोलायो

सिभिल बैंक लिमिटेडले वैशाख २७ गते सातौ र आठौ वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले शेयरधनीहरुलाई अमृतभोग, कालिका स्थान डिल्लीबजारमा बोलाएको छ । बैंकले आव २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ ।

बैंकले आव २०७४/७५ को मुनाफाबाट भने ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारण सभामा वार्षिक प्रतिवेदनमा छलफलगरी पारित गर्ने, सर्वसाधाण र संस्थापक तर्फ तिन तिन जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने विषय रहेको छ ।

प्रतिक्रिया दिनुहोस