aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

सानिमा बैंकको वितरण योग्य नाफा ५७ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
सानिमा बैंकको वितरण योग्य नाफा ५७ करोडभन्दा बढी

 काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा गत वर्ष यसै अवधिसम्म रू. १ अर्ब ५७ करोड ५३ लाखभन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा २ दशमलव ७५ प्रतिशत बढी भएको हो । बैंकले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरण योग्य नाफा ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ । 

यस वर्ष १० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ पु¥याएको बैंकको जगेडा कोष रकम गत वर्षभन्दा ४५ प्रतिशत बढी  ३ अर्ब २४ करोड ९७ लाख ७४ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म २ अर्ब २४ करोड २५ लाख रुपैयाँभन्दा बढी सञ्चालन गरेको सानिमाले यस वर्ष सोहि अवधिसम्म २ अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । सञ्चालन नाफा गत वर्षभन्दा २ दशमलव ४६ प्रतिशत बढी भएको हो । यस अवधिसम्म गत वर्षभन्दा ११ प्रतिशत बढी  ३ अर्ब २४ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद व्याज आम्दानी बैंकले गरेको छ ।

सानिमाले यस वर्ष  १ खर्ब ८० करोड ६५ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ११ करोड ९८ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकले १२ दशमलव ७९ प्रतिशत निक्षेप र १३ प्रतिशत कर्जा प्रवाह बढाएको हो ।

गत वर्ष शून्य दशमलव १२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव १६ प्रतिशत कायम भएको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव ७७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १४४ दशमलव २४ रुपैयाँ छ ।
 

प्रतिक्रिया दिनुहोस