aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

आजदेखि बैंकका सीमित कार्यालयमात्र खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
आजदेखि बैंकका सीमित कार्यालयमात्र खुल्ने

काठमाडौं । आजदेखि बैंकका सीमित कार्यालयमात्र खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई सिमित कार्यालय मात्र खोल्न निर्देशन दिएको हो । 

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैंकहरुलाई अलिक सहज बनाएको थियो । त्यसपछि बैंकका प्रायः सबै शाखा सन्चालनमा आइसकेका थिए । तर, बैंकका कर्मचारी पनि जोखिममा हुने र सडकमा पनि भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले बैंकहरुलाई सबै शाखा कार्यालय नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ ।

बैंकका शाखाहरु खोल्नका लागि अब राष्ट्र बैंकले केही पासहरु पनि उपलब्ध गराएको छ । अब खुल्ने शाखाका कर्मचारीहरुले पनि त्यही पासको आधारमा मात्र हिँडडूल गर्न पाउँछन् । राष्ट्र बैंकले लघुवित्तीय संस्थाहरुलाई पनि पाँच वटा पास दिएको बताएको छ । फाइनान्स कम्पनीहरुलाई चाहिँ ८ वटा पास दिइएको छ ।

प्रतिक्रिया दिनुहोस