aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

लुम्बिनी विकास बैंकद्वारा चार लाखको राहत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
लुम्बिनी विकास बैंकद्वारा चार लाखको राहत

पोखरा  । पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करीब रु  चार लाख बराबरको राहत वितरण गरेको छ ।   बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै रू ५० हजार बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 श्रेष्ठका अनुसार यसअघि वडाको समन्वयमा  महानगरपालिकाको वडा नं १५ रु  एक लाख ५० हजार र  वडा नं १७ मा रु दुई लाखको राहत वितरण गरिसकेको छ  वडा नं ६ मा आज सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र  पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले  राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे  ।

बैंकका सञ्चालक सिग्देलले  पोखरा महानगर९कास्की०बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए ।  

देशका सातै प्रदेशका ६८  शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर,  फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको  बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस